• गृहपृष्ठ
  • बार्सिलोना भ्यालेन्सियासँग २-० ले पराजित

बार्सिलोना भ्यालेन्सियासँग २-० ले पराजित

Jan 26th, 2020

काठमाडौ , माघ ११ 

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको छ। शनिबार राति भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-० ले पराजित गरेको हो। भ्यालेन्सियाले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

खेलमा पहिलो अग्रता भ्यालेन्सियाले लिएको थियो। जोर्डी अल्बोले खेलको ४८ औं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए। यसैगरी खेलको ७७ औ मिनेटमा फेरान टोरेसको पासमा म्याक्सी गोमेजले गोल गर्दै अग्रता दोब्बर बनाए  ।

त्यसपछि कुनै गोल हुन सकेन र भ्यालेन्सियाले खेल जित्यो। हारसँगै बार्सिलोनाले २१ खेलमा ४३ अंक जोडेको छ भने एक खेल कम खेलको रियल मड्रिडको पनि ४३ अंक छ। बार्सिलोनाले रियल मड्रिडसँग दुरी बढाउने मौका गुमाएको छ। भ्यालेन्सियाले २१ खेलबाट ३४ अंक जोड्दै लिगको पाँचौ स्थानमा छ ।