• गृहपृष्ठ
  • महिला भलिबलमा न्यु डायमण्ड क्लबलाई ३–१ सेटले हराउँदै एपीएफ च्याम्पियन

महिला भलिबलमा न्यु डायमण्ड क्लबलाई ३–१ सेटले हराउँदै एपीएफ च्याम्पियन

Jan 24th, 2020

काठमाडौँ, १० माघ (रासस)

पाँचौँ आरबिबी एनभिए क्लब महिला च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको फाइनल खेलमा न्यु डायमण्ड क्लबलाई ३–१ सेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

एपीएफले २५–२३, २५–२१, २३–२५ र २५–१८ अङ्कका साथ एपीएफले लगातार दोस्रो वर्ष उपाधि चुमेको हो । जीतसँगै उसले रु दुई लाख पुरस्कार प्राप्त गरेको छ । स्पाइकर प्रतिभा माली चोटील बनेपछि न्यु डायमण्डको अवस्था कमजोर बनेको थियो । घुँडामा चोट लागेपछि प्रतिभालाई उपचारका लागि अस्पताल लैजानु परेको थियो । उपविजेता न्यु डायमण्डले रु एक लाख पुरस्कार पायो । सो स्पर्धामा त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबलाई हराउँदै तेस्रो भयो ।