• गृहपृष्ठ
  • घरेलु लघुवित्तले दियो मृतक परिवारलाई क्षेतिपुर्ती रकम

घरेलु लघुवित्तले दियो मृतक परिवारलाई क्षेतिपुर्ती रकम

Jan 24th, 2020

काठमाडौ, माघ १०

काभ्रेको बनेपा स्थित घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड शाखाकार्यालय बनेपा काभ्रेबाट गठित केन्द्र नं. ०२ की सदस्य श्रीमती माइली कामीको मृत्यु पस्चात उहाँका श्रीमान डिल ब. कामीलाई एक कार्यक्रमकाबिच बीमाको क्षतिपुर्ती रकमवितरण गरेको छ ।

निज सदस्य श्रीमती माइली कामीले संस्थाको नियमानुसार संस्थाबाट रु १ लाख रुपैयाँ कर्जा लिएकोमा निजको मृत्यु पश्चात संस्थाले कर्जा बीमा अन्तर्गत आफ्नो नियमानुसार लिर्नुपर्ने कर्जाको साँवा र ब्याज रकम मिनाहा गरेको र काजक्रिया खर्च रु १० हजार बराबरकाे दिने ब्यवस्था अनुसार उक्त रकम हस्तान्तरण गरेको हो । संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र उनीहरुलाई आपत्कालीन अवस्थामा टेवा पु¥याउने उद्देश्यअनुरुप बिभिन्न कार्यक्रम तथा सहयोग रकम हस्तान्तरण गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम हस्तान्तरण गरेकोमा समूहका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा शाखाका तर्फबाट शाखा प्रबन्धक तुल्सीराम भट्टराई तथा कर्मचारी राम प्र. पन्त र ललिता ढुंगानाको उपस्थिति रहेको थियो ।