• गृहपृष्ठ
  • उखु किसानका समस्या चाँडै समाधान हुन्छ : उद्योगमन्त्री

उखु किसानका समस्या चाँडै समाधान हुन्छ : उद्योगमन्त्री

Jan 24th, 2020

अमरगढी, १० माघ (रासस)

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानका समस्या चाँडै समाधान गरिने बताउनुभएको छ । डडेल्धुरामा बिहीबारआयोजित कार्यक्रमा उहाँले भन्नुभयो, “चार/पाँच वर्ष अघिदेखिको उखु किसानका समस्या थियो, त्यो अहिले ८०–९० प्रतिशत समाधान भएको छ ।”

अनुदानको रकम हालसम्म सरकाले ७० प्रतिशत भुक्तानी गरिसकेको र केही दिनभित्र यो समस्या पनि समाधान गरिने उहाँले बताउनुभयो । उद्योग मन्त्रालयका अनुसार ठूलो चिनी उद्योग अन्नपूर्ण चिनी उद्योगले किसानलाई रु ४० करोड भुक्तानी दिन बाँकी छ । यसैगरी लुम्बिनी चिनी उद्योगले रु १० करोड ७४ लाख र इन्दिरा चिनी उद्योगले रु ११ करोड २२ लाख भुक्तानी दिन बाँकी छ ।