• गृहपृष्ठ
  • चर्चा १२ वर्ष प्रगति शुन्य, मार्केट डिलर प्रवेश हल्ला बजार बढाउने मेसो

चर्चा १२ वर्ष प्रगति शुन्य, मार्केट डिलर प्रवेश हल्ला बजार बढाउने मेसो

Jan 24th, 2020

काठमाडौैं, माघ १०
आधारभूमी संवाददाता

सेयरबजारमा हुने सामान्य खालका उतारचढाव रोक्नका लागि मार्केट मेकर प्रवेश गराउने चर्चा चलेको करिब १२ वर्ष बित्यो । तर यस बिचमा न बजार उतारचढावमा कमि छ नत यसलाई कम गर्न सरकारले मार्केट मेकर वा मार्केट डिलरको नै गठन गरेको छ ।

सेयरबजारमा अहिले मार्केट डिलर आउनै लागेको चर्चा छ । लगानीकर्ता यो १ महिनाभित्रै बजार प्रवेश गर्ने भनेर ढुुक्क भएका छन् । तर वास्तवीकता त्यसो होइन । बरु यो महिनाभित्रै यसका लागि कम्पनी स्थापना हुने चाहि सत्य हो ।

नागरिक लगानी कोषको अगुवाईमा स्थापना हुन लागेको स्टक डिलर अहिले पनि कानुनको निर्माणको चरणमा नै छ । जसको स्थापना गर्ने चर्चा चलेको अहिले १२ वर्ष वित्यो ।

साना साना खालका हल्लाले पनि बजारलाई ठूलै प्रभाव पार्ने गरेको छ ।जसलाई कम गर्नका लागि सरकारले यसको स्थापना गर्ने सोच बनाएको हो । सरकारले धितोपत्र दलाल, ब्यापारी तथा बजार निर्माता नियमावली २०६४ मा बजार निर्माताको अवधारणा अघि सारेको थियो । तर विश्वबजारमा बजार निर्माताको अवधारणा पुरानो भइसकेकाले यो नियमावली आएको तीन चार वर्ष नबित्दै फेरी स्टक डिलरको अवधारणा अघि सारियो । र , आर्थिक वर्ष २०७२/०७३ को बजेमा नागरिक लगानी कोषलाई स्टक डिलरको रुपमा अघि बढाउने घोषणा नै गरियो ।

अहिलेसम्म सरकारले न यसका लागि आवश्यक पर्नेगरि धितोपत्र दलाल, ब्यापारी तथा बजार निर्माता नियमावली २०६४ नै संसोधन गरेको छ नत नागरिक लगानी कोषले नै अहिलेसम्म कम्पनी दर्ता र यसका लागि आवश्यक पर्ने प्रवन्धपत्र र नियमावली नै तयार गरेको छ ।

स्टक डिलरले बजारमा सेयरको आपुर्ति कम भएका बेला सेयर बेच्छ भने बजारमा सेयरको उपलब्धता अधिक भएका बेलामा सेयर खरिद गर्छ । तर यसरी खरिद वा बिक्री गर्दा नाफा हुने निश्चीन्त भएपछि मात्रै उसले कारोबार गर्छ ।

अहिले आम लगानीकर्ताले बजार ठूलो मात्रामा बढ्न र घट्न नदिनका लागि यो उपयोगि हुने ठानेका छन् । तर बिज्ञहरु यो वास्तवीकता नभएको तर्क गर्छन् । किनकी यसले पनि आफ्नो नाफा हेर्छ ।