लिभरपुललाई फेरि १६ अंकको अग्रता

Jan 24th, 2020

काठमाडौँ, १० माघ

ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले १६ अंकको अग्रता लिएको छ । बिहीबार राति भएको खेलमा उल्भ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अग्रता फराकिलो बनाएको हो ।
लिभरपुलको जितमा कप्तान जोर्डन हेन्डरसन र रोबर्टो फिर्मिन्होले एक–एक गोल गरे भने उल्भ्सका राउल जिमेनेजले एक गोल फर्काएका थिए ।

लिभरपुलले खेलको आठौं मिनेटमानै अग्रता  थियो । हेन्डरसनले   कर्नर बलमा हेडमार्फत गोल गर्दै आठौं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै एडामा ट्राओरोको क्रसमा गोल गर्दै राउल जिमेनेजले उल्भ्सका लागि बराबरी गोल फर्काए । खेल सकिन ६ मिनेट अगाडी फिर्मिन्होले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

जीतसँगै लिभरपुलले २३ खेलबाट ६७ अंक जोडेको छ । आफू भन्दा एक खेल बढी खेलेको म्यानचेस्टर सिटीसँग १६ अंकको दुरी बनाएको छ। सिटीको ५१ अंक छ। उल्भ्स ३४ अंक सहित सातौ स्थानमा छ ।