• गृहपृष्ठ
  • एथ्लेटिको म्याड्रिड तेस्रो डिभिजन क्लबसँग पराजित

एथ्लेटिको म्याड्रिड तेस्रो डिभिजन क्लबसँग पराजित

Jan 24th, 2020

काठमाडौँ, १० माघ

एथ्लेटिको म्याड्रिड कोपा डेल रेमा तेस्रो डिभिजन क्लब  कल्चरल लियोनेसासँग पराजित भएको छ ।

बिहीबारराति भएको खेलमा एथ्लेटिको म्याड्रिड लियोनेसासँग २-१ ले पराजित भएको हो। एट्लेटिको मड्रिड २०११ पछि पहिलो पटक तेस्रो श्रेणीको क्लबसँग पराजित भएको हो ।

खेलमा पहिलो अग्रता भने एथ्लेटिको मड्रिडलेनै लिएको थियो। पहिलो हाफ बराबरीमा सकिएपछि खेलको दोस्रो हाफमा एथ्लेटिकोका स्ट्राइकल एन्जल कोरेयाले ६२ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यो लामो समय टिकेन । जुलेन कास्टेनेदाले लिओनेसाका लागि ८२ औं मिनेटमा बराबरी गोल फर्काए ।

त्यसपछि अतिरिक्त समयको १०८ औँ मिनेटमा लेओनेसाको सर्जियो बेनिटोले गोल गर्दै लिओनेसालाई २–१ को अग्रता दिलाए । त्यसपछि कुनै गोल हुन सकेन र लियोनेसालाई जित दिलाए । एट्लेटिकोले लगातार तीन खेलमा हार ब्यहोरेको छ ।

जितसँगै   लियोनेसा अन्तिम १६ मा प्रवेश गरेको छ । एथ्लेटिको म्याड्रिड पराजित हुँदै बाहिरिएको छ ।