• गृहपृष्ठ
  • शहीद स्मारक फुटबल : जाउलाखेलद्वारा एपिएफ १–० गोलअन्तरले पराजित

शहीद स्मारक फुटबल : जाउलाखेलद्वारा एपिएफ १–० गोलअन्तरले पराजित

Jan 23rd, 2020

काठमाडौँ, ९ माघ (रासस)

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जाउलाखेलले एपिएफलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जावला खेलको जितमा विदेशी खेलाडी फोडे फोफानाले निर्णायक गोल गरे । उनले ७१औँ मिनेटमा वन टचमा गोल गरेका थिए । खेलको ५७औँ मिनेटमा जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा सीमित बनेको थियो । पेनाल्टी क्षेत्र बाहिर आएर हातले बल समाएपछि रेफ्रिले उनलाई सिधँै रातो कार्ड दिएका थिए ।

जितसँगै जावलाखेल १२ अङ्क जोड्दै पाँचांै स्थानमा उक्लिएको छ । पराजित एपिएफ पाँच अङ्कका साथ १३औँ स्थानमा छ । भोलिको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब र सरस्वती युवा क्लब भिड्नेछन् भने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र च्यासल युवा क्लब भिड्नेछन् ।