झण्डै १६ अंकले घट्यो नेप्से

Jan 23rd, 2020

काठमाडौ, माघ ९

नेप्से आज बिहिबार १५ दसमलव ९५ अंकले घटेर १२ सय ९७ दसमलव ४७ अंकमा झरेको छ । आज सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ५९ अंकले घटेर दुुई सय ७८ दसमलव ७२ अंकमा झरेको छ । एक सय ७२ वटा कम्पनीहरुको १५ हजार तीन सय १६ वटा कारोवारमा ३७ लाख ५४ हजार पाँच सय २१ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम एक अर्ब ३८ करोड ४२ लाख नौ हजार चार सय १२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा दुई वटा समुहको सुचक बढेकाछन भने १० वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव २३ अंकले घटेर ११ सय ४० दसमललव १९ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि १९ दसमलव २७ अंकले घटेर १७ सय ४७ दसमलव ४५ अंकमा पुुगेको छ । जलबिद्युुत, निर्जिवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनुुमलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । अन्य र जीवन बीमा समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा पहिलो स्थानमा सिर्नजी पावर डेभलपमेन्ट कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सिद्धार्थ ईक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।