रियल कोपा डेल रेको अन्तिम १६ मा

Jan 23rd, 2020

काठमाडौ, माघ ९

रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा मड्रिडले तेस्रो डिभिजन क्लब युनिओनिस्टासलाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

रियल म्याड्रिडको जीतमा गेराथ बेल र ब्राहिम डियाजले एक–एक गोल गरे भने रियलले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

रियलले खेलको १८औं मिनेट गारेथ बेलको गोलबाट अग्रता लिएक थियो । ५७ औं मिनेटमा अल्भारो रोमेरोले युनिओनिस्टासका लगि बराबरी गोल फर्काए । तर ६२औं मिनेटमा युनिओनिस्टासका हुवान गोनगोराले आत्मघाती गोल गरेपछि रियलले २–१ को अग्रता बनायो
। यसैगरी खेलको इन्जुरी समयमा डीयाजले गोल गर्दै रियललाई ३–१ गोलले जिताए ।

यससँगै रियल अन्तिम १६ मा प्रवेश गरेको छ ।