• गृहपृष्ठ
  • युभेन्टस कोप्पा इटालियाको सेमिफाइनलमा

युभेन्टस कोप्पा इटालियाको सेमिफाइनलमा

Jan 23rd, 2020

काठमाडौ, माघ ९

युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युभेन्टसले बुधबार राति रोमालाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

युभेन्टसले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । एल्लियन्ज स्टेडियममा भएको उक्त खेलमा क्रिश्चियानो रोनाल्डो, रोड्रिगो बेन्टान्कर र लियोनार्दो बोनुक्किले समान एक–एक गोल गरे ।

रोनाल्डोले २६ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । त्यसको १२ औं मिनेटपछि नै बेन्टान्करले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए भने इन्जुरी समयमा लियोनार्डो बनुचीले युभेन्टसलाई ३–० को अग्रता दिलाए ।

यता, पराजित रोमाले खेलको ५० औं मिनेटमा एक आत्मघाती गोल उपहारमा पाएको थियो ।
 साे गाेल युभेन्टसका गोलरक्षक जियानलुइगी बुफनले गरेका हुन्।  त्यसपछि कुनै गोल हुन सकेन र युभन्टस सेमिफाइनल पुग्यो । युभेन्टसले अब सेमिफाइनलमा टोरिनो र एसी मिलानबीचको विजेतासँग भिड्नेछ ।