बार्सिलोनाको संघर्षपूर्ण जित

Jan 23rd, 2020

काठमाडौ, माघ ९

स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोनाले जित निकालेकाे छ ।  गएराति भएको खेलमा
तेश्रो डिभिजनको क्लब यूडी इबिजामाथि  संघर्षपूर्ण जीत निकाल्दै बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । खेलमा बार्सिलोनाले सुरुमै गोल खाएको थियो । 

काबालेले  खेलको ९ औं मिनेटमा गोल गर्दै इबिजालाई अग्रता दिलाएका थिए। तर ग्रिजम्यानले त्यसपछि लगातार दुई गोल फर्काए ।  एन्टोनी ग्रिजम्यानले ७२ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो भने इन्जुरी समयको चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई जित दिलाए।