• गृहपृष्ठ
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट जिल्ला प्रहरी कार्यालय कालिकोट परिसरमा नवनिर्मित भवनहरु उद्घासटन

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट जिल्ला प्रहरी कार्यालय कालिकोट परिसरमा नवनिर्मित भवनहरु उद्घासटन

Jan 22nd, 2020

कालिकोट, ८ माघ

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय कालिकोट परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक र कार्यालय प्रमुख निवास भवनहरुको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घोटन गर्नुभयो । उहाँले शीलालेखको अनावरण गर्नुको साथै उक्त भवनहरुको निरीक्षण समेत गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षा कायम राख्न समुदाय(प्रहरी साझेदारी कार्यक्रममा सहयोग पुर्यानउने जिल्लास्थित विभिन्न कार्यालयहरु तथा महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रहरी र नागरिकबीच हातेमालो गरेर अगाडि बढेमा अपराध न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै नेपाल प्रहरीले महिला तथा बालबालिका विरुद्ध हुने अपराधप्रति अत्यन्तै संवेदनशिल भई कार्य सम्पादन गर्दै आएको बताउनुभयो । नेपाल प्रहरीले अंगिकार गरेको समुदाय(प्रहरी साझेदारी अवधारण निकै फलदायी भएको चर्चा गर्दै कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पुर्णचन्द्र जोशीले धन्यवाद ज्ञापन गर्दै अपराध रोकथाम तथा नियन्त्रण गर्न सबैको साथ र सहयोग आवश्यक रहेको चर्चा गर्नुभयो ।

कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले समग्र जिल्लाको शान्ति सुरक्षाकाबारे जानकारी दिनुभएको उक्त कार्यक्रममा पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले स्थानीय निकायकोतर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम बाबु ओलियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेट कूल ९ करोड ८३ लाख ३ हजार ६ सय ५१ रुपैयाँ लागतमा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला अदालत कालिकोटका जिल्ला न्यायाधिस माधव प्रसाद सुवेदी, स्थानीय निकायका प्रमुखहरु, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।