• गृहपृष्ठ
  • नेप्सेमा पुुन गिरावट , जीवन बीमा बाहेक सबै समुहको सुचक रातै

नेप्सेमा पुुन गिरावट , जीवन बीमा बाहेक सबै समुहको सुचक रातै

Jan 22nd, 2020

काठमाडौं, माघ ८

नेप्से आज बुुधबार सात दसमलव पाँच अंकले घटेर १३ सय १३ दसमलव ४२ अंकमा झरेको छ । आज सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव १३ अंकले घटेर दुुई सय ८२ दसमलव ३० अंकमा झरेको छ । एक सय ७८ वटा कम्पनीहरुको १५ हजार पाँच सय आठ वटा कारोवारमा ४९ लाख १४ हजार चार सय ३७ कित्ता सेयर खरिद बिक्री भएकोमा एक अर्ब ५८ करोड १३ लाख ८१ हजार तीन सय ६४ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा जीवन बीमा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैक समुहको सुचक आठ दसमलव ६१ अंकले घटेर ११ सय ६१ दसमलव ४१ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक १७ दसमलव ७२ अंकले घटेर १७ सय ६६ दसमलव ९३ अंकमा पुुगेको छ । यसैगरी जलबिद्युुत, निर्जिवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा एशियन लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा पाँचथर पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने ग्लोवल आईएमई बैंक परेको छ ।