आर्सनलसँग बराबरीमा रोकियो चेल्सी

Jan 22nd, 2020

काठमाडौं,माघ ८

चेल्सी र आर्सनलले बराबरी खेल्दै अंक बाँडेका छन् । इङ्लिश प्रिमियर लिग अन्तरगत गएराति भएको खेलमा अग्रता जोगाउन नसक्दा चेल्सी आर्सनलसँग २-२ को बराबरीमा रोकिएको हो।
चेल्सीको घरेलु मैदानमा आर्सनल २६ औँ मिनेटमै १० खेलाडीमा समेटिएको थियो । चेल्सीका पूर्वखेलाडी डेभिड लुईजले २६ औं मिनेटमा रातो कार्ड पाएपछि आर्सनल दस खेलाडीमा झरेको थियो ।

खेलमा पहिलाे अग्रता चेल्सीले लिएकाे थियो । जोर्गिन्होले २८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै
चेल्सी लाइ अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा गाब्रिएलले आर्सनलका लागि काउन्टर प्रहारमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।  तर ८४ औं मिनेटमा सेसार एजप्लिक्वेटाले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाएका थिए । सेसार एजप्लिक्वेटाले कलुम हड्सन ओडोईको पासमा गोल गरेका थिए ।  तर ८७ औं मिनेटमा हेक्टर बेलेरिनले आर्सनलका लागि बराबरी गोल फर्काएपछि दुवै टोलीले अंक बाँडेका हुन् ।

बराबरीपछि जारी लिगमा  २४ खेलबाट ४० अंक बनाएको चेल्सी चौथो स्थानमा छ । ३० अंक बनाएको आर्सनल १०औं स्थानमा छ ।