• गृहपृष्ठ
  • अग्युरोको निर्णायक गोलमा म्यानचेस्टर सिटी विजयी ,चेल्सी–आर्सनल बराबरी

अग्युरोको निर्णायक गोलमा म्यानचेस्टर सिटी विजयी ,चेल्सी–आर्सनल बराबरी

Jan 22nd, 2020

काठमाडौं,माघ ८

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले खेल जित्दा चेल्सी र आर्सनलले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

इङ्लिश प्रिमियर लिग अन्तरगत मंगलबार भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्युरोले खेलको ७३ औं मिनेटमा निर्णायक गोल गरेका थिए। सिटीले पहिलो हाफमै पेनाल्टी पाएको थियो । तर गाब्रियल जेससको प्रहार शेफिल्डका गोलकिपर डिन हेन्डरसनले रोकेपछि अग्रता लिनबाट चुकेको थियो ।

जितसँगै   सिटीले २४ खेलबाट ५१ अंक जोडेको छ। सिटी लिगको दोश्रो स्थानमा छ। लिगको पहिलो स्थानमा रहेको लिभरपुलको २२ खेलबाट ६४ अंक छ। लिभरपुलले सिटीभन्दा दुई खेल कम खेलेको छ ।