• गृहपृष्ठ
  • टोकियो ओलम्पिक : नेपाली टोलीको पूर्वअभ्यास शिविर जापानमा

टोकियो ओलम्पिक : नेपाली टोलीको पूर्वअभ्यास शिविर जापानमा

Jan 22nd, 2020

काठमाडौँ, ८ माघ (रासस)

नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिक २०२० मा नेपाली टोलीको पूर्वअभ्यास शिविर तोकोशिमा प्रिफेक्चर जापान मा राख्ने भएको छ । उक्त सम्बन्धमा नेपालका तर्फबाट कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र तोकोशिमाका तर्फबाट कोमानो इजुमिफ ले सोमबार हस्ताक्षर गर्नुभएको जनाइएको छ । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको सहभागितामा भएको सो कार्यक्रममा पौडीबाट अशोकरत्न बज्राचार्य र आर्चरीबाट दीपकराज गुरुङले हस्ताक्षर गर्नुभएको हो ।

उक्त अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपालको खेलकूद विकासमा जापान सरकारको महत्वपूर्ण भूमिका रहेको जानकारी गराउनुभयो । अध्यक्ष श्रेष्ठले भ्रमण वर्षमा नेपालका विभिन्न सांस्कृतिक सम्पदा, पर्यटकीय क्षेत्रको भ्रमणका लागि जापानी नागरिकलाई आग्रह गर्नुभएको कमिटीले जनाएको छ ।