• गृहपृष्ठ
  • उखु किसानको पीडा बुझेनन् उद्योगीले, सरकारले दिएको प्रोत्साहन पनि घुमाएर ठग्छन्

उखु किसानको पीडा बुझेनन् उद्योगीले, सरकारले दिएको प्रोत्साहन पनि घुमाएर ठग्छन्

Jan 21st, 2020

काठमाडौँ, ७ माघ
आधारभूमी संवाददाता

पुषको जाडोमा आफ्नो पसिनाको मूल्य खोज्दै काठमाडौ आएर सरकारको न्यानो साथ खोजेका उखु किसान फेरी निरास भएका छन् । पुस महिनाभर काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानलाई भुत्तानी दिन सरकारले दिएको निर्देशनलाई उद्योगीले लाई एक हप्तामै लत्याएका छन् ।

यनीहरुले अझौपनि सरकारद्वारा गरिएको प्रतिवद्धता अनुसार उखुको बक्यौता रकम भुक्तानी पाएका छैनन् । उखु किसानले चिनी उद्योगीहरुबाट झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम लिनुपर्ने छ । सरकारले उद्योगी र किसानलाइृ राखेर सो रकम भुक्तनी गराउन सम्झौता पनि गराएको थियो ।

७ गतेभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने भनि सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । तर हालसम्म १५ करोड रुपैयाँ मात्र प्राप्त गरेको वताइएको छ । १३ वटामध्ये ३ वटा चिनी मिलले किसानहरुलाई भुक्तानी दिन बाँकी रहेको छ ।

सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ७ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराइनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका थिए ।

उखु किसानहरुको भुक्तानी, चिनीको आपूर्ति लगायतका विषयमा कुनै समस्या वा गुनासो भए उखु किसान र उद्योगीहरुले तत्काल जानकारी गराउन र सोको सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखाको रुपमा तोक्ने सहमति समेत भएको थियो ।

यता चिनी उद्योगीले भने आफन्तहरुले भुत्तानी दिइरहेको दावी गरेका छन् । महालक्ष्मी सुगर मिलले १० करोड र अन्नपूर्ण सुगर मिलले ५ करोड दिएको दावी गरेका थिए । तर , किसानहरुले सो रकम नपाएको बताएका छन् । यसैविच किसानहरुले आजसम्म कुर्ने र सो रकम नपाएमा फेरी आन्दोलन गर्ने वताएका छन् ।

उद्योग विभागका अनुसार ६ वटा मिलले भुक्तनी दिइसकेको छन् भने बाँकी रहेका उद्योगहरुले पनि आँशिक भुक्तानी दिएका छन् । तर सरकारले दावी गरे अनुसार किसानको हातमा रकम नपुगेको उखु किसानको गुनासो छ ।

उनीहरुले चिनी मिलले आफूखुसी कायम गरेको प्रतिक्विन्टल ५ सय रुपैयाँ खारेज गरी सरकारले निर्धारण गरेको ५ सय ३६ रुपैयाँ कायम गर्न माग गरेका छन् । सरकारले उखु उद्योगीलाई प्रोत्साहन स्वरुप प्रतिक्विन्टल ६५ रुपैयाँ पनि दिने गरेको छ । उद्योगी तथा विचौलियाले सो रकम पनि घुमाउरो पारामा ठग्ने गरेको किसान गुनासो गर्छन् ।