• गृहपृष्ठ
  • नेप्से बढ्यो, एक अर्ब ५१ करोडको सेयर किनबेच

नेप्से बढ्यो, एक अर्ब ५१ करोडको सेयर किनबेच

Jan 21st, 2020

काठमाडौ, माघ ७

आज मंगलबार नेप्से बढेको छ । नेप्से आज तीन दसमलव ३६ अंकले बढेर १३ सय २० दसमलव ४७ अंकमा पुुग्दा सेन्सिटिभ शुन्य दसमलव नौ अंकले बढेर दुई सय ८४ दसमलव ४३ अंकमा पुुगेको छ । एक सय ८३ वटा कम्पनीहरुको १३ हजार सात सय ९७ वटा कारोवारमा ४४ लाख ५५ हजार पाँच सय ४५ कित्ता सेयर खरिद बिक्री हुंदा एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार सात सय ६० रुपैयाँको कारोवार भएको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक घटेकाछन भने छ वटाको बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ६७ अंकले बढेर ११ सय ७० दसमलव तीन अंकमआ पुुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ८१ दसमलव १७ अंकले बढेर पाँच हजार पाँच सय २९ दसमलव ९४ अंकमा पुगेको छ । टे«डिङ, जीवन बीमा, होटल र उत्पादनमुुलक समुहको सुचक पनि बढेकाछन । बिकास बैंक, जलबिद्युुत, फाईनान्स, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा ग्लोवल आईएमई लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज हिमालयन बैंकको संस्थापक सेयर परेको छ ।