• गृहपृष्ठ
  • विवाहको मौसममा खुशीयाली थप्दै यामाहा स्यालुटो , यामाहा स्यालुटोको खरिदमा ३२ इन्चको भिडियोकन टिभी

विवाहको मौसममा खुशीयाली थप्दै यामाहा स्यालुटो , यामाहा स्यालुटोको खरिदमा ३२ इन्चको भिडियोकन टिभी

Jan 21st, 2020

काठमाडौैं, माघ ७

विवाहको मौसमलाई लक्षित गरी नेपालका लागि यामाहा टू–ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले यामाहा स्यालुटोका ग्राहकहरुका लागि आकर्षक योजना अघि सारेको छ । यामाहा प्याटेन्टेन १२५ सीसीको ब्लुकोर इन्जिनजडित यामाहा स्यालुटो उच्चकोटीको पर्फर्मेन्स, उत्कृष्ट माइलेज र विश्वसनीयताका कारण ग्राहकमाझ लोकप्रिय छ । यामाहा स्यालुटोको नारा ‘माइलेज तिमीलाई सलाम’ रहेको छ ।

‘दाम्पत्य जीवनको शुरुवात्, यामाहा स्यालुटोको साथ ’शिर्षक राखिएको यस योजनाले विवाहको मौसममा नवविवाहित दम्पत्तिहरु र भर्खरै सम्बन्धमा जोडिएको परिवारहरुमाझ थप खुशी र हर्ष ल्याउने अपेक्षा एमएडब्लु इन्टरप्राइजेजले लिएको छ । यो योजना अन्तर्गत यामाहा स्यालुटो र यामाहा एस जेड आरआरभी २.० को खरिदगर्ने ग्राहकले भिडियोकनको ३२ इन्च एलइडि टिभी पाउनु हुनेछ ।

‘हामी यो विवाहकको मौसमलाई थप उल्लासमय बनाउन चाहन्छौं । त्यसैले स्यालुटो वाएसजीआरआर किन्दा उपहारमा टिभी पाउने योजना ल्याएका छौं । हामीलाई विश्वास छ यो योजनाले नव विवाहित दम्पत्ति मात्र होइन भर्खरै पारिवारिक सम्बन्धमा जोडिएकाहरु पनि खुशी हुनुहुनेछ । जीवनको नयाँ अध्याय सुरुवात गर्ने सबैमा सुखद दाम्पत्य जीवनको शुभकामना पनि व्यक्तगर्न चाहन्छौं,’ यामाहाका मार्केटिङहेड विक्रम पौडेलले भने । यो योजना माघ ५ गतेदेखि नेपालभर रहेका सबै यामाहा डिलरहरुमा लागू गरिएको छ ।