सौराहा २०२०, ईन्टेक्स ईज ब्याक

Jan 20th, 2020

काठमाडौ, माघ ६

ईन्टेक्स् मोबाईल्सले हालसालै आफ्नो वितरक सम्मेलन सौराहाको पार्क सफारी रिसोर्टमा सफलता पूर्वक सम्पन्न गरेको छ । “सौराहा २०२०, ईन्टेक्स ईज ब्याक” नाम दिइएको सो कार्यक्रमको आयोजना जनवरी १६ देखी जनवरी १८, २०२० सम्म गरिएको थियो । यसभन्दा अगाडीका ईन्टेक्स् मोबाईल्सको वितरक सम्मेलनहरु नेपालबाहिर हुने गरेका थिए भने यसपटक “भिसिट नेपाल २०२०” लाई प्रोत्साहन दिन सो कार्यक्रम नेपालमा गरिएको हो ।

कार्यक्रममा ईन्टरनेशनल बिजनेस प्रमुख, विश्वास अग्रवाल ज्यूले कम्पनीको कार्यनीति, दूरदर्शिता र लक्ष्यहरु प्रस्तुत गर्नु भयो । छोटो विश्राम पछि “ईन्टेक्स् २.०” नामाकरण गरिएको ईन्टेक्स्को यो पुनरागमनलाई नयाँ योजना, थप सेवा र उत्कृष्ट वितरक साझेदारहरुसँगको साझेदारीले नयाँ उचाइ दिने उनको भनाई छ ।

प्राईड ईम्पोर्ट एक्सपोर्टका अध्यक्ष दिनेश श्रेष्ठ ज्यूले क्षेत्रीय वितरकहरुका लागि बीमा योजनाको व्यवस्था पनि गर्नुभएको छ जसका लागि माछापुच्छ्रे बैंक बैंकिङ पार्टनर र बीमा प्रदायकका रुपमा नियुक्त भएको छ । प्राईड ईम्पोर्ट एक्सपोर्ट नेपालमा ईभोमी मोबाईल्सको एकमात्र आधिकारिक राष्ट्रिय वितरक पनि हो ।

ईन्टेक्स् र ईभोमी मोबाईल्सका राष्ट्रिय व्यवस्थापक विनय जोशीको भनाई अनुसार पुनरागमनका लागि थप कार्यनीतिको निर्माण गर्न ईन्टेक्स र ईभोमी मोबाईल्स हर प्रहर लागी परेका छन् । ४५ क्षेत्रीय वितरकहरुको सहभागिता रहेको शो कार्यक्रमले सबैलाई उत्साहित र समस्त साझेदारहरुलाई गौरवान्वित बनाएको थियो । तीन दिन लामो सो ईन्टेक्स ईज ब्याक सम्मेलनमा आउनुभएका समस्त अतिथिहरुबाट सो कार्यक्रम सफल रहेको सकारात्मक प्रतिक्रिया पनि निकै प्राप्त भएको थियो ।