नेप्सेमा सबै सुचक रातै

Jan 20th, 2020

काठमाडौ, माघ ६

नेप्से आज सोमबार रातै देखिएको छ । आज नेप्से २६ दसमलव ५४ अंकले घटेर १३ सय १७ दसमलव ११ अंकमा पुुग्दा सेन्सिटिभ चार दसमलव ८६ अंकले घटेर दुुई सय ८३ दसमलव ५३ अंंकमा पुुगेको छ । एक सय ८२ वटा कम्पनीहरुको २० हजार चार सय ४६ वटा कारोवारमा ५८ लाख ४६ हजार दुुई सय ३८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ९७ करोड तीन लाख ८७ हजार नौ सय ९३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दसमलव ८८ अंकले घटेर ११ सय ६५ दसमलव ३६ अंकमा पुुगेको छ । बिकास बैक समुहको सुचक ५२ दसमलव ८७ अंकले घटेर १७ सय ९४ दसमलव ९२ अंकमा पुुगेको छ । यसैगरी जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा मल्टीपर्पोस फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पाँचथर पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।