• गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Jan 20th, 2020

काठमाडौं, माघ ६

उदयपुरको उदयपुरगढी गाउँपालिका ७ जोगिटोलस्थित सडकमा ना.५ ख ४५१० नम्बरको टिपर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा टिपर चालक कटारी नगरपालिका २ खोक्सा बस्ने २२ वर्षीय भुपेन्द्र खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

खोटाङको हलेशी तुवाचुङ नगरपालिका ७ स्थित सडकमा ना.५ त ७१५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक उदयपुर त्रियुगा नगरपालिका ६ जलजले बस्ने २८ वर्षीय देब नारायण चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।