• गृहपृष्ठ
  • बिगमार्ट सुपर मार्केटबाट नगद र रिचार्ज कार्ड चोरी गरेको अभियोगमा तीन जना पक्राउ

बिगमार्ट सुपर मार्केटबाट नगद र रिचार्ज कार्ड चोरी गरेको अभियोगमा तीन जना पक्राउ

Jan 20th, 2020

काठमाडौं, माघ ६

काठमाडौं महानगरपालिका २६ सामाखुसी टाउन प्लानिङ बस्ने शाश्वत ढकालको बिगमार्ट सुपर मार्केटबाट नगद ५ लाख ७ हजार रुपैयाँ र नेपाल टेलिकमको २४ हजार १ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा काठमाडौं गोंगबु बस्ने २१ वर्षीय बिशाल गुरुङ समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त सुपर मार्केटमा चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न सोही सुपर मार्केटमा काम गर्ने बिशाल समेत ३ जनालाई नगद ४ लाख ९९ हजार ३ सय ६१ रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।