रेड पाण्डाको छाला सहित तीन जना पक्राउ

Jan 20th, 2020

ललितपुर, माघ ६

ललितपुर महानगरपालिका १७ ग्वार्कोबाट रेड पाण्डाको छाला १ थान सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट बाँडेकोट नगरपालिका ५ बस्ने २० वर्षीय हेम राज बिक, सोही नगरपालिका ४ बस्ने २० वर्षीय तिलक बस्नेत र नलगाड नगरपालिका ५ बस्ने २३ वर्षीय राजेन्द्र चुनारा रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका १७ ग्वार्को्स्थित बीएस क्याफेबाट उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।