• गृहपृष्ठ
  • कृषि विकास बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरकोको ऋणपत्र माघ १४ गतेबाट निष्काशन गर्ने

कृषि विकास बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरकोको ऋणपत्र माघ १४ गतेबाट निष्काशन गर्ने

Jan 20th, 2020

काठमाडौँ, माघ ६

कृषि विकास बैंकले दुई अर्ब ५० करोड रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले यही माघ १४ गतेबाट एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले ‘लिन मात्र होइन दिन पनि जान्छ’ भन्ने नारासहित आगामी सात वर्षको लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा एडीबीएल कृषि बैंक ऋणपत्र २०८३ जारी गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको बैंकको ऋणपत्रको बिक्री कार्य छिटोमा यही माघ १७ गते र ढिलोमा फागुुन १४ गते बन्द हुुने छ । खरिदकर्ताहरुले न्युुनतम २५ देखि अधिकतम दुुई लाख ५० हजार कित्तासम्मको ऋणपत्र खरिद गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
अधिकृत पुंजी १८ अर्ब रुपैयाँ रहेको बैंकको जारी पुंजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार नौ सय ७० रुपैयाँ रहेको छ । यसैगरी बैकको चुक्ता पुंजी भने १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार नौ सय ६० रुपैयाँ पुुगेको छ ।