• गृहपृष्ठ
  • वाग्मती प्रदेशको लोकसेवा आयोगले पायो पूर्णता

वाग्मती प्रदेशको लोकसेवा आयोगले पायो पूर्णता

Jan 20th, 2020

हेटौँडा, ६ माघ (रासस)

वाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहनुभएको रिफारिस समितिले प्रदेश लोकसेवा आयोगका सदस्यमा पूर्वसहसचिव सुर्दशन ढकाल र शिक्षण अस्पताल, महाराजगञ्जमा अध्यापन गराउँदै आउनुभएकी डा शर्मिला न्यौपानेलाई सिफारिस गरेको हो । सिफारिस गरिएका दुवैजनालाई आज शपथग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि आयोगमा अध्यक्षको मात्र नियुक्त गरी कामकारबाही हुँदै आएको थियो । आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ हुनुहुन्छ ।