• गृहपृष्ठ
  • सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबिच सम्झौता

सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबिच सम्झौता

Jan 20th, 2020

काठमाडौं, माघ ६

सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबिच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहजरुपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा सात दसमलव पाँच प्रतिसतसम्म छुट प्राप्त गर्न सक्नेछन ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका हुुन । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंको टोखामा अवस्थित स्वास्थ्यउपचार सम्बन्धी उच्चस्तरीय सेवा दिने संस्था हो ।