• गृहपृष्ठ
  • कामना सेवाको प्रदेश ५ मा एकै साथ २ वटा शाखा सञ्चालन

कामना सेवाको प्रदेश ५ मा एकै साथ २ वटा शाखा सञ्चालन

Jan 20th, 2020

काठमाडौं, माघ ६

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत नवलपरासी जिल्लाका बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा यही माघ ०५ गते एकै साथ २ वटा शाखा कार्यालय स्थापना गरि समुद्घाटन गरेको छ । यो सँगै अब बैंकको शाखा संख्या ११६ पुगेका छन् । बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्तरुmपमा गरेका हुन ।

यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रmपमा गरेका हुुन । काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले एबिबिएस, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ, भि फाईभ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।