युभेन्टससँग पार्मा २-१ ले पराजित

Jan 20th, 2020

काठमाडौं  ,६ माघ

इटालियन सिरि एमा युभेन्टसले पार्मालाई पारजित गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले पार्मालाई २–१ ले पराजित गरेको हो । युभेन्टसको लागि दुवै गोल रोनाल्डोले
 खेलको ४३ र ५८ औं मिनेटमा गरेका हुन् ।

रोनाल्डोले ४३ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५ औँ
मिनेटमा  पार्माका लागि आन्द्रेआस कोर्नेइउसले एक गोल फर्काए । । तर त्यसको तीन मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । त्यसपछि कुनै गोल हुन सकेन र युभन्टस विजयि भयाे ।


जितपछि युभेन्ट्सले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । युभेन्टसको २० खेलबाट ५१ अंक छ।  दोस्रो स्थानको इन्टर मिलानको २० खेलबाट ४७ अंक छ ।