• गृहपृष्ठ
  • मेस्सीको निर्णायक गोलसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा

मेस्सीको निर्णायक गोलसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा

Jan 20th, 2020

काठमाडौं  ,६ माघ

बार्सिलोना पुनः स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति   घरेलु मैदानमा भएको खेलमा ग्रानाडालाई १–० गोलले हराउँदै बार्सिलोनाले पुनः शीर्ष स्थान उक्लिएको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले ७६ औं मिनेटमा निर्णायक गोल गरे । मेस्सीले अर्टुरो भिडालको पासमा गोल गरेका थिए । खेलको ६९ औँ मिनेटमा सान्चेजले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाड्नुपरेपछि ग्रानाडा १० खेलाडीमा सीमित भएको थियो।

जितसँगै पहिलो स्थानमा उक्लिएको बार्सिलोनाको २० खेलबाट ४३ अंक छ । २७ अंक बनाएको ग्रानाडा १०औं स्थानमा छ भने दोश्रो स्थानमा रहेको रियल मड्रिडको पनि समान २० अंक छ। गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा पुगेको हो।