• गृहपृष्ठ
  • म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित

म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित

Jan 20th, 2020

काठमाडौं  ,६ माघ

लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। ईङ्लिश प्रिमियर लिग अन्तरगत आइतबार भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको हो ।

लिभरपुल जितमा भर्जिल भान डाइक र  मोहम्मद सलाहले  एक एक गोल गरे । लिभरपुलले खेलको १४ औं मिनेटमा नै अग्रता लिएको थियो । ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको कर्नरमा भर्जिल भान डाइकले हेडमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि मोहम्मद सलाहले  अतिरिक्त समयको तेश्रो मिनेटमा गोल गरे र  जित पक्का गरे । 

जीतसँगै लिभरपुलले शीर्ष स्थानमा एक खेल कम खेल्दै १६ अङ्कको फराकिलो अग्रता बनाएको छ । २२ खेल खेलेको लिभरपुलको ६४ अंक छ भने २३  खेल खेलको म्यानचेस्टर सिटीको ४८ अंक छ। लिभरपुलले युनाइटेड भन्दा ३० अंकले अघि छ । २३ खेलबाट ३४ अंक रहेको युनाइटेड पाँचौं स्थानमै छ ।