• गृहपृष्ठ
  • जीप चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु

जीप चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु

Jan 20th, 2020

रोल्पा, ६ माघ

त्रिवेणी गाउँपालिका ४ ह्वापखोलास्थित सडकमा मे.१ ज १९१५ नम्बरको जीप चिप्लिएर आइतबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार माडी गाउँपालिका १ बस्ने ३८ वर्षीय मनसुर वलीको घटनास्थलमै मृत्यु भएको छ ।

जीप चालकलाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।