• गृहपृष्ठ
  • कृषि बिकास बैंक सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक”को रुपमा स्थापित

कृषि बिकास बैंक सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक”को रुपमा स्थापित

Jan 19th, 2020

काठमाडौंै, माघ ५

कृषि बिकास बैंक सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक”को रुपमा स्थापित भएको छ । वि.सं २०२४ सालमा सरकारको पूर्ण स्वामित्वमा रहीआफ्नै ऐन २०२४ बाट संचालितयात्रा ५२ वर्षको उकालीओरालीपार गर्दै ५३ औं वर्षको पूर्वसन्ध्यामा एक सबल एवं सक्षम बैंक “सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक”को रुपमा स्थापित हुन पुगेको हो ।

बैंकले लिन मात्र होईन दिन पनि जान्छ भन्ने नारा सहित आगामी सात बर्षको लागि १० दसमलव ३५ प्रतिसत व्याजदरमा एडिबिएल कृषि बैंक ऋणपत्र २०८३ जारी गर्ने अन्तिम तयारी गरेको बैंकले जनाएको छ । बैंकले ५३ औं बर्षमा प्रवेश गर्दे गर्दा आईतबार गरेको पत्रकार सम्मेलनमा बैंकले उक्त जानकारी दिएको छ । बैकले गएको बर्ष सहुलियतपुर्ण कृषि कर्जामा २५ सय भन्दा बढी ग्राहकहरुलाई पाँच अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयनमा गर्न बैंकले प्रदेश कृषि मन्त्रालय, ग्रामिण पद्धती केन्द्र, हेभर इन्टरनेशनल, किसान महासंघ, युवा परिषद लगायतका संस्थाहरुसंग सहकार्य गरी लक्षित बर्गसम्म कर्जा बिस्तार गर्ने योजना बनाएको जानकारी पनि बैंकले दिएको छ ।

यसैगरी बैंकले नेपाल भ्रमण बर्ष २०२० लाख लक्षित गरी करिब एक हजार होम स्टे आवद्ध भएको होमस्टे एशोसियसन नेपालसंग सम्झौता गरी उक्त क्षेत्रमा होम स्टे कर्जा प्रवाह गर्ने समेतको तयारी बैंकले जानकारी दिएको छ । बैंकमा हाल एक करोड रुपैयाँ भन्दा माथिको कर्जाको भार एक प्रतिसतभन्दा कम रहेको र १० लाख भन्दा कम कर्जाको भार ८४ प्रतिसत रहेको र यि सबै कर्जा ग्रामिण भेगका कृषक, मजदुर, साना तथा मझौला कर्जाकोेरुपमा रहेको जानकारी पनि बैंकले दिएको छ । यसैगरी बैंकले सबै नेपालीको बचत खाता खोलौं बैक खाता अभियान अन्र्तगत ५२ हजार भन्दा बढी जनताको निक्षेप खाता खोल्न सफल भएको छ ।