• गृहपृष्ठ
  • सिद्धार्थ बैंकको सहयोगमा निस्शुल्क क्यान्सर जाँच शिविर

सिद्धार्थ बैंकको सहयोगमा निस्शुल्क क्यान्सर जाँच शिविर

Jan 19th, 2020

काठमाडौ, माघ ५

सिद्धार्थ बैंकले यही माघ चार गते शनिबार काठमाडौं जिल्लाको ज्याठा, वडा नं २७ मा अन्नपुर्ण मिसाःपुच र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दे निस्शुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संयुक्त रुपमा आयोजना गरेको छ ।

पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दे आयोजना गरिएको उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दे आइरहेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जानेछ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटिएम र १,६०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।