नेप्से ३३ अंकले बढ्यो

Jan 19th, 2020

काठमाडौ, माघ ५

नेप्से आज आईतबार उच्च अंकले बढेको छ । आज नेप्से ३३ दसमलव ४३ अंकले बढेर १३ सय ४३ दसमलव ६५ अंकमा पुुग्दा सेन्सिटिभ पाँच दसमलव ५२ अंकले बढेर दुुई सय ८८ दसमलव ३९ अंकमा पुुगेको छ । नेप्सेमा आज एक सय ७८ वटा कम्पनीहरुको २१ हजार चार सय २३ वटा कारोवारमा ६१ लाख ३१ हजार चार सय १८ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्र्ब नौ करोड आठ लाख ७७ हजार नौ सय १७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा टे«डिङ समुहको सुचक घटेकाछन भने बाँकी सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ९४ अंकले बढेर ११ सय ८१ दसमलव २४ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि ४५ दसमलव ४६ अंकले बढेर एक हजार ८० दसमलव ७७ अंकमा पुुगेको छ । बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले बढेकाछन ।

नेप्सेका आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा लक्ष्मी ईक्विटी फण्ड परेको छ भने बढी गुमाउने कम्पनीको सुुचीमा पहिलो स्थानमा कालिका पावर लिमिटेड रहेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।