जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Jan 19th, 2020

ललितपुर, माघ ५

गोदावरी नगरपालिका १३ झरुवारासी बस्ने केदार राउतको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय नितेश थापा सहित ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत चापागाँउबाट खटिएको प्रहरीले नगद ७ लाख १३ हजार ३ सय ७२ रुपैयाँ र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ जानकारी दिएको छ ।