• गृहपृष्ठ
  • एक हजार दरको नक्कली नोट सहित दुुई जना पक्राउ

एक हजार दरको नक्कली नोट सहित दुुई जना पक्राउ

Jan 19th, 2020

काठमाडौं, माघ ५

काठमाडौं महानगरपालिका १४ कलंकी चोकबाट १ हजार दरको ३१ थान नेपाली नक्कली नोट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँ बस्ने २२ वर्षीय रवि आले मगर रहेका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।