आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Jan 19th, 2020

काठमाडौं,माघ ५

उदयपुर, कटारी नगरपालिका १३ भुस्कुन बस्ने गोबिन्द पोख्रेलको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घर, घरभित्र रहेको अन्नपात,लत्ताकपडा र घर नजिकै रहेको गोठ समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पर्सा, वीरगंज महानगरपालिका १७ स्थित आइसिपीभित्र युपि १४ एचटि १७६९ नम्बरको ट्रकमा करेण्ट सर्ट भई शनिबार बिहान आगलागी हुँदा ट्रकमा रहेको गोल्ड स्टार जुत्ता बनाउने कपडा, ट्रकको बडिको भाग र ईन्जिनको भाग समेत जलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

संखुवासभा, खाँदबारी नगरपालिका २ बेतेनी बस्ने ६३ वर्षीय मान बहादुर तामाङको गोठमा शनिबार बिहान आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ, पथरी शनिश्चरे नगरपालिका ५ शान्ति चोक बस्ने ३८ वर्षीय रामजी रिजालको घरमा बिद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचर लगायतका सामान जलेर करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।