• गृहपृष्ठ
  • हरिणको सिंङ जस्तो देखिने बस्तु सहित पक्राउ

हरिणको सिंङ जस्तो देखिने बस्तु सहित पक्राउ

Jan 19th, 2020

काठमाडौं, ५ माघ

काठमाडौं महानगरपालिका ३२ जडीबुडीस्थित सडकबाट एक जोडी हरिणको सिंङ जस्तो देखिने बस्तु सहित ललितपुर च्यासल बस्ने रामेछाप खाडादेवी गाउँपालिका ३ घर भएका २१ वर्षीय आयुष राना मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त बस्तु फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।