• गृहपृष्ठ
  • सरकार मुक्त हलियालाई धनी बनाउने अभियानमा : मन्त्री अर्याल

सरकार मुक्त हलियालाई धनी बनाउने अभियानमा : मन्त्री अर्याल

Jan 18th, 2020

भीमदत्तनगर, ४ माघ (रासस)

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुक्त हलियाका लागि विशेष सहुलियत कार्यक्रम ल्याउने जानकारी दिनुभएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा मुक्त हलियाको व्यवस्थितबस्ती हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले मुक्त हलियालाई गरिबको सूचीमा राखेर धनी बनाउने अभियानमा सरकार लागेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो,“सानो कोठाको घर दिएर मात्रै जीविकोपार्जन हुन सक्दैन । विभिन्न सीपमूलक कार्यक्रम दिएर आयमूलक काममा लगाउन सरकार तपाईहरुको साथमा छ ।”