• गृहपृष्ठ
  • शुक्लाफाँटा खुल्ला चिडियाखानाका रुपमा विकास गरिने : मन्त्री बस्नेत

शुक्लाफाँटा खुल्ला चिडियाखानाका रुपमा विकास गरिने : मन्त्री बस्नेत

Jan 18th, 2020

भीमदत्तनगर, ४ माघ (रासस)

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खुल्ला चिडियाखानाका रुपमा विकास गर्ने लक्ष्य राखेको जानकारी दिनुभएको छ ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा आयोजित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वारको आज उद्घाटन गर्नुहुँदै उहाँले शुक्लाफाँटा जैविक विविधताले भरीपूर्ण हुनुका साथै दुर्लभ वन्यजन्तु र पशुपक्षीको बासस्थान भएको बताउनुभयो ।

“हामीले शुक्लाफाँटामा पर्यटकको सङ्ख्या गुणात्मक रुपमा वृद्धि होस् भनेर खुल्ला चिडियाखानाको रुपमा विकास गर्ने लक्ष्य राखेका छौँ ।” उहाँले भन्नुभयो, “यसको नयाँ ढङ्गले व्यवस्थापन पनि अघि बढाएका छौँ ।”

तीनवटै सरकार विकास निर्माणमा होमिएका छन् : मन्त्री मगर

कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले मुलुकको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय गरी तीनवटै सरकार लागि परेको बताउनुभयो ।

आफ्नो निर्वाचन क्षेत्रको खानेपानी, शिक्षा, सडक पूर्वाधार, स्वास्थ्यलगायत विकासमा आफू लागि परेको भन्दै उहाँले कञ्चनपुरको दक्षिण क्षेत्रलाई ओझेलमा पर्न नदिने स्पष्ट पार्नुभयो । “शुक्लाफाँटा पर्यटनको आकर्षणको केन्द्रविन्दु परेको छ । मन्त्री मगरले भन्नुभयो,“जङ्गली जनावरबाट समस्या भएकाले केही कठिनाइ छ ।”