• गृहपृष्ठ
  • निकुञ्ज ग्रुपको पदमिनि ज्वेलर्स संचालनमा

निकुञ्ज ग्रुपको पदमिनि ज्वेलर्स संचालनमा

Jan 18th, 2020

आधारभूमी संवाददाता
काठमाडौं,४ माघ

निकुञ्ज ग्रुपले आज ललितपुरको प्रयाग पोखरीमा पदमिनि ज्वेलर्सको उद्घाटन गरेको छ
। ज्वेलर्सको उद्घाटन बुद्ध धर्मकी अग्रज बशला दर्शनधारीले गरिन् । उद्घाटनमा भिक्षु रेवतले बुद्ध धर्मको मन्त्र पाठ गरेका थिए ।

निकुञ्ज ग्रुपले यस अघि कीर्तिपुर, कुलेश्वोरमा आफ्नो शाखा संचालनमा ल्याई आफ्नो पल्स ब्राण्डका ईलेक्ट्रोनिक मोबाइल , टि.भि , ग्याजेट , एशोसरिज उत्पादन गरि सकेको ग्रुपका फाउडर अध्यक्ष योगेन्द्र दर्शनधारीले जानकारी दिए । हालसम्म संस्थाले देशैभर आफ्नो शाखा विस्तार गर्ने जनाएको छ । संस्थाले देशमा भएको वेरोजगारिलाई समेत घटाउने उद्देश्य राखी रोजगारीकाे पनि सृजना गर्ने जनाएको छ ।