• गृहपृष्ठ
  • वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरि

वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरि

Jan 18th, 2020

काठमाडौ, माघ ४

ग्लोबल आइएमई बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा बिगतका वर्षहरुमा जस्तै यसबर्ष पनि बिभिन्न कार्यक्रमहरुको अयोजना गरेको छ । सोही अवसरमा बैंकले माघ ४ गते राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार प्रसारलाई समाबेस गरीे प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाडौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका पदाधिकारीहरु, लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुकोसहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, कमलादी, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोड गेट, बीर अस्पताल,जमल हुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।

बैंकले काठमाडौँ उपत्यकामा मात्र नभएर काठमाडौ बाहिरका बिभिन्न ठाउँहरु बिराटनगर, नारायणघाट, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो । बार्षिकोत्सवकै अवसरमा गत पौष १७ गते कान्तिपथ लगायत काठमाडौं बाहिरका मुख्य सहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ ।

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ ।बैंकका २६६ शाखा, २५५ एटिएम, ३६ राजस्व संकलन तथा एक्टेन्सन काउण्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले १८ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अष्टे«लिया युके, मलेसिया, भारत,दक्षिण कोरिया, कतार, युएई, बहराइन,जोर्डन लगायतका देशहरुबाट रेमिट्यान्स आप्रबाह मार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएको छ ।