• गृहपृष्ठ
  • सिम्वोलिक फेशन वेयरको दोस्रो आउटलेट बानेश्वरमा ,२५ प्रतिसत ग्रान्ड ओपनिङ छुट

सिम्वोलिक फेशन वेयरको दोस्रो आउटलेट बानेश्वरमा ,२५ प्रतिसत ग्रान्ड ओपनिङ छुट

Jan 18th, 2020

काठमाडौ, माघ ४

बानेश्वरमा सिम्वोलिक फेशन वेयरको दोस्रो आउटलेट खुुलेको छ । नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतले यही माघ तीन गते नयाँ बानेश्वरमा रहेको आउटलेटको समुुद्धघाटन गरेका हुुन ।

सिम्बोलिक फेशनको पहिलो आउटलेट बैशाख १ गते देखि मैतिदेविमा सञ्चालनमा रहेको छ । सिम्बोलिक फेशनको दुवै आउटलेटहरुमा महिला, पुरुष तथा बच्चाहरूको लागि चाहिने बिभिन्न ब्रान्डका कपडा, जुत्ता तथा एसेसरिजहरु उपलब्ध छन् । साथै नाईक, एडिडास, रिबुुक, ईर्की जस्त उच्च गुणस्तरका ब्राण्डेड जुत्ताहरुको कलेक्सन समेत उपलब्ध छ । उक्त स्टोरका सामानहरु स्टोरका साथ साथै कम्पनीको अफिसियल फेसबुक पेजतथा ईन्स्टाग्राम मार्फत अनलाइनबा टसमेत खरीद गर्न सकिनेछ भने देशैभरी घरैमा बसीबसी अर्डर गरी घर घरमा डेलिभरी दिने सेवा समेत उपलब्ध छन् । साथै क्यास अन डेलिभरी विभिन्न बैंक मार्फत भुक्तानी एवं ई वालेट ईसेवा, आई एम ई पे बाट समेत अनलाईन खरिदमा भुक्तानी गर्न सक्ने कम्पनिका सिईओले बताएका छन् । निकट भविष्यमा नै सिम्बोलिक फेसनको ई कमर्स पोर्टल सिम्बोलिक फेशन डटकमबाट समेत घरैमा बसि बसि सामान खरिद गर्न सक्नेछन् ।स्टोरले आफ्ना ग्राहकहरूलाई उच्च–गुणस्तरयुक्त सामान उपलब्ध गराउने र ग्राहकको फेसन आवस्यकता पुरा गर्न सक्षम हुनेछ छ भन्ने कुरामा कलाकार द्वयले वानेश्वर शाखाउ द्घाटनको क्रममा बताएका छन् । कलाकार द्वयले २०२० को अन्त्यसम्म थप तीनवटा आउटलेट खोल्ने कम्पनीको योजनालाई पनि हौसला प्रदान गर्नुका साथै सफलताका लागि बधाई तथा शुभकामना दिएका थिए ।

उद्घाटनको साथसाथै कम्पनीले २०७६ माघ ०३ गते बाट माघ १७ गते सम्म १५ दिनको लागि “ग्रान्ड ओपनिङ फेस्ट” मनाउने भएको छ । यस अवधिभरि आउटलेटमा उपलव्धसम्पूर्ण सामानहरुमा २५ प्रतिसत ग्रान्ड ओपनिङ छुट दिने घोषण गरेको छ। साथै कम्पनीले सामाजिक संञ्जाल फेस बुुक, इस्टाग्राम मार्फत चेक–इन गर्नेहरूको लागि अतिरिक्त पाँच प्रतिसत छुट कुपन प्रदान गरिनेर उक्त कुपन कम्पनीको दुबै आउटलेटमा प्रयोग गर्न सकिने बताएको छ । यसबाहेक, कम्पनीले दैनिक, साप्ताहिक, र मेगा लकी ड्रको पनि घोषणा गरेको छ। लकीड्रमा भाग लिन ग्राहकहरूले कम्तिमा रु २,०००/- मूल्य बराबरको सामानहरू खरिद गर्नु पर्ने छ । दैनिक भाग्यशालीको छनोट प्रत्येक दिन अपराह्न ८ः३० बजे फेसनको

अफिसियल फेसबुक पेज बाट फेसबुक लाइभ मार्फत घोषित गरिनेछ । दैनिक लकी ड्र को विजेताले कम्पनीको कुनैपनि आउटलेटहरूमा अन्य सामान खरिदमा ४० प्रतिसत फल्याट छुट पाउनेछन् । साप्ताहिक लकी ड्रका दुई विजेताहरूको माघ १० र माघ १७मा घोषण गरिनेछ र विजेताहरूले एमआई व्याण्ड ४ प्राप्त गर्नेछन्। । त्यसैगरी मेगा लकी ड्र को तीन विजेता माघ १७ मा घोषण गरिने र पहिलो विजेताले ३२ इन्चको भिडियोकन एलईडी टिभी, दोस्रो विजेताले कोवट नोभा स्र्माट मोवाईल र तेस्रो विजेताले रु ५,०००/-को गिफ्ट भौचर पाउने कम्पनिले जनाएको छ ।