एकनाले भरुवा बन्दुक सहित पक्राउ

Jan 18th, 2020

कास्की, माघ ४

पोखरा महानगरपालिका १० जनप्रिय टोल घर भई हाल सोही महानगरपालिका १३ काहुँखोला पाटनबेंशी बस्ने ३५ वर्षीय चित्र बहादुर दमाईलाई एकनाले भरुवा बन्दुक १ थान सहित मादी गाउँपालिका ३ बाट बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अबैध रुपमा हातहतियार लिई हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मादीबाट खटिएको प्रहरीले चित्र बहादुरलाई सो बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।