• गृहपृष्ठ
  • प्रहरी महानिरीक्षक खनालबाट सामुदायिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन

प्रहरी महानिरीक्षक खनालबाट सामुदायिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन

Jan 18th, 2020

चितवन, माघ ४

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भरतपुर महानगरपालिका ३ स्थित सामुदायिक सेवा केन्द्र नारायणगढको नवनिर्मित भवनको बिहीबार उद्घाटटन गर्नुभयो । नेपाल प्रहरी र स्थानीय जनतासँगको साझेदारीमा उक्त भवन निर्माण गरिएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले उक्त केन्द्रको स्थापनामा सहयोग गर्ने महानुभावहरुलाई प्रशंसापत्र वितरण गर्नुभयो । साथै प्रहरी महानिरीक्षक खनालले सामुदायिक सेवा केन्द्रद्वारा प्रकाशित ‘सामुदायिक स्मारिका’ को समेत विमोचन गर्नुभयो ।



कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले अपराध मुक्त समाज निर्माण गर्नको लागि सामुदायिक सेवा केन्द्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै नेपाल प्रहरीले समुदायसँग थप सहकार्य गर्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताउनुभयो । महिला हिंसा नियन्त्रण लगायत सामाजिक अपराध नियन्त्रणका लागि सामुदायिक सेवा केर्नले संचालन गरेका कार्यक्रमहरु समाजमा शान्ति सुरक्षा स्थापना गर्न सहयोगी रहेको समेत उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा उक्त सामुदायिक सेवा केन्द्रकी अध्यक्ष मिना खरेलले प्रहरीलाई जनतासँग र जनतालाई प्रहरीसँग नजिक बनाई सम्बन्ध स्थापित गर्न सामुदायिक सेवा केन्द्र स्थापना भएको चर्चा गर्नुभयो । सामुदायिक सेवा केन्द्रले समाजिक अपराध अनुसन्धानमा सहयोग, होटल व्यवसायलाई मर्या्दित बनाउन आचरसंहिता निर्माण, सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान लगायतका कार्यहरु गर्दै आएको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, बरीष्ठ प्रहरी अधिकृतरु, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु लगायत स्थानीय भद्रभलादमी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।