• गृहपृष्ठ
  • प्रधानमन्त्रीसँग जापानी उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानी उपमन्त्रीको भेट

Jan 18th, 2020

काठमाडौँ, ४ माघ (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिस्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।