• गृहपृष्ठ
  • समोआमा दादुराको माहामारी बढ्यो,मृत्यु हुनेको सङ्ख्या ८२

समोआमा दादुराको माहामारी बढ्यो,मृत्यु हुनेको सङ्ख्या ८२

Jan 17th, 2020

अपिया, समोआ,३ माघ (रासस/सिन्ह्वा)

दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित एक सानो देश समोआमा दादुराको प्रकोप कम नभएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

करिब दुई लाखमात्र जनसङ्ख्या रहेको यो सानो मुलुकमा केही दिनअघि देखि दादुराको प्रकोप बढेको र यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएको बताइएको थियो ।

यस देशमा अहिलेसम्म कम्तीमा पनि पाँच हजार ८०० दादुराका बिरामीले विभिन्न अस्पतालमा उपचार गराएका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका प्राप्त पछिल्लो समाचारमा जनाइएको हो ।

यस सानो मुलुकमा दादुराको प्रकोप बढ्दै जाँदा यसबाट मृत्यु हुने नागरिकको सङ्ख्या ८२ पुगेको समोआली सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका समाचारमा जनाइएको छ ।

समोआली स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार यस प्रकोपबाट अहिलेसम्म ८२ जनाको ज्यान गएको र अझै एक हजार भन्दा बढी उपचारार्थ रहेका छन् ।

दादुराको प्रकोपका कारण मृत्यु भएकाको संख्या अझै बढ्नसक्ने अधिकारीहरुको भनाई छ । सयौँ विरामी निकै गम्भीर अवस्थामा उपचार गराइरहेका बताइएको छ ।

दादुरा नियन्त्रणका लागि सरकारले यहाँका ९० प्रतिशत नागरिकलाई दादुराविरूद्धको खोप लगाइरहेका छन् ।

पछिल्ला केही दिनयता दादुराका कारण मृत्यु हुनेको संख्या बढ्दो रहेको समाचारहरु आएका ती अधिकरीको भनाई छ ।

समोआली सरकारले गत अक्टोबर १६ मा दादुराको प्रकोप देखिएको सार्वजनिक जानकारी गराउदै नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको थियो ।

दादुरा हवाका माध्यमबाट सजिलै सर्ने एक प्रकारको सरूवा रोग हो । यसको प्रकोपलाई खतरापूर्ण रुपमा लिइन्छ ।