• गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

Jan 17th, 2020

काठमाडौं, माघ ३

काठमाडौं महानगरपालिका ६ रामहिटीस्थित सोलुखुम्बु दुधकुण्ड नगरपालिका २ घर भएका ४५ वर्षीय कुसाङ शेर्पाको शेर्पा स्नोकर हाउसमा तास खेलिरहेका सोही नगरपालिका घर भई हाल बुढानिलकण्ठ नगरपालिका १० सिमलटार बस्ने २९ वर्षीय आङ थुङ्वा शेर्पा लगायत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।